रौतहट, असोज २४-
रौतहटकाे विजयपुरमा करेन्ट लागेर  एक किशोरीकाे  ज्यान  गएकाे छ ।राैतहट प्रहरीका अनुसार मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा न ७ का रामेश्वर राय यादवको १४ वर्षिया छोरी रुबी कुमारी यादव रहेकी छिन्।
उनी शनिवार घास लिन गएकि र  क्रसर उद्योगमा रहेकाे धारामा  पानि खाने क्रममा करेन्ट लागेकाे थियाे ।  करेन्ट लागि गम्भीर घाईते भएकी किशोरीकाे घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ।