मलंगवा,असोज २३— कोरोना कहर लगत्तै सर्लाही लगायत देशै भरि बन्द भएको सीमा नाका खुल्न थालेका छन् । अघिल्लो वर्षको चैत्रवाट बन्द रहेको सर्लाहीका सीमा नाका हिजोवाट औपचारिक रुपमा खुला गरिएको छ ।
सीमा नाका खुलेसंगै नेपाल प्रेश गरेका भारतीय नागरिकलाई उद्योग बाणिज्य संघ सर्लाहीले मलंगवामा स्वागत गरेको छ । शनिवार बिहानबाट भारतीय पक्षले पनि बोर्डर तर्फको ढाट हटाएसंगै नेपाल प्रवेश गरेका भारतीय नागरिकलाई उद्योग बाणिज्य संघ सर्लाहीले स्वागत गरेको हो ।उनिहरु गाडीसहित नेपाल प्रवेश गरेका हुन ।

सर्लाही सदरमुकाम मलंवा स्थित गोरखकाली नाका औपचारिक रुपमा सुचारु भएसँगै नेपालबाट भारत तर्फ जाने र उताबाट नेपाल आउनेहरुलाई आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केहि दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो ।
तर भारत तर्फका सुरक्षा बलले सिमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न सकिएको थिएन् । हिजोबाट दुवै देसमा सवारि तथा पैदलै मुख्य नाका बाट आवतजावत गर्न दिईरहेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिए ।

पहिले मालसामान आयातगर्न भन्सार सुचारु भएपनि सर्वसाधारणको लागि नाका बन्द नै रहेको थियो । हाल कोरोनाको संक्रमण दर घट्दै गईरहेको र स्वास्थय मापडण्ड पूर्ण पालना गरेर मात्र आवत जावत गर्न दिने दुबै देश बिच समझदारी भएर आवत जावत सुचारु गरिएको प्रजिअ महतोले बताए ।
यस अघि पहिलो चरणको कोरोना संक्रमणको समयमा समेत नाका खुल्ने निर्णय भएपनी भारतिय पक्षको वेवास्ताका कारण नाका खुल्न सकेको थिएन । त्यसबेला औपचारिक रुपमा नाका नखुले पनी खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।