बागमती,असोज २२—सर्लाहीको बागमती नगरपालिका–१० शंकरपुरमा रहेको साना किसान र वडानम्बर ६ खाल्टेमा रहेको सुर्योदयले शुक्रवार आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमल कुमारी पोख्रेलको अध्यक्षता तथा साना किसान विकास लघु वित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष खेमबबहादुर पाठकको प्रमुख आतिथ्यतामा संस्थाकै वडानम्वर ८ मा निर्माणाधिन दाना उधोग परिसरमा साधारण सभा सम्पन्न गरिएको हो ।

सभामा संविधान सभा सदस्य हरि उप्रेती बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा,बरहथवा नगरपालिकाका मेयर देबानन्द महतो, भुमि व्यवस्था कृषि सहकारी मन्त्रालय सहकारी विभाग जनकपुर कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका ओम नारायण झा लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका संचालक भुवन प्रसाद निरौलाको संचालन अर्का संचालक भुपेन्द्रमान श्रेष्ठले आगामी योजना र बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन भने लेखा संयोजक परबल महतोले प्रस्तुत गरेका संस्थाका प्रबन्धक माधव प्रसाद काफ्लेले जानकारी दिए । गएको असार मसान्तसम्म ६३ करोड ८४ लाख ९५ हजार ९१ रुपैयाँ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ३४ लाख ३१ हजार ९४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।संस्थाले यो पटक आफ्ना शेयर सदस्यहरुलाई ७.४ प्रतिशत लाभांश समेत वितरण गरेको छ । साधारण सभामा हरेक वर्ष झैँ जेहेन्दार विद्यार्थी ५ जनालाइ जनही ५ हजारका दरले बितरण गरेको छ । जस मध्ये दुइजना बिधार्थीको अंक बराबर भएकालाइ ३÷३ हजार रुपिँया बितरण गरेको छ । ज्येष्ठ नागरिक सदस्यलाई नगद र झोलामा खाने सामाग्रीसहित सम्मान गरेको प्रबन्धक काफ्लेले जानकारी दिए ।

त्यस्तै बागमती नगरपालिकाकै खाल्टेमा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोल्टीमा रहेको नमुना जनता माविमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष जवाहरलाल कुशवाहको सभापतित्व, बागमती नगरपालिका ६ का वडाध्यक्ष गाबिन्द राइ,समाजसेवी टंक बस्नेत,बिधालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर तुमसिं, प्रधानाध्यापक ज्ञानकुमार महतोलगायतको आतित्यथा रहेको थियो ।

संस्थाले आर्थिक बर्ष ०७७÷०७८ मा ४४ करोड ४९ लाख ३१ हजार १ सय ४८ रपियाँको कारोबार गरेको छभने २ करोड ८१ लाख २ हजार २सय ६१ रुपियाँ आम्दानी गरेको अध्यक्ष कुशवाले जानकारी दिए । सभामा लेखा समिति संयोजक सरोज श्रेष्ठको संचालन रहेको थियो, भने कोषध्यक्ष इन्द्र दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारया सभाकै अवसर पारेर सुर्योदय बचत तथा ऋण सहकारी संस्था र नेपाल रेडक्रस सोसाइटी राजघाट उपशाखाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदानमा ३ महिला र ६१ जना पुरुष गरि ६४ जनाले रक्तदान गरेका अध्यक्ष कुशवाहले बताए ।