नवनियुक्त कृषि मन्त्री यादव ।

लालबन्दी,असोज २२—सर्लाही क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने क्रम्मा राजपाको भागमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी यादवले पाएका हुन । उनले यस अघि पनि पटकपटक बिभिन्न मन्त्रालयको जिम्मेवारी समहाली सकेका छन् ।


यधपी यस अघि सर्लाहीका क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद साहलाई सो मन्त्रालयको लागि राजपाले नाम प्रस्ताव गरिएको थियो । राजपा विभाजन अघि राजेन्द्र महतो निकट मानियका साह ५ जना सांसद्लाई साथमा लिएर जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएका थिए । आज भएको मन्त्री मण्डाल विस्तारमा उनि पर्न सकेन्न । संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।