ललाबन्दी,असोज २२—सर्लाहीको लालबन्दीमा शुक्रवार (आज) प्रदेश नं.२ का युवा तथा खेलकुद, महिला बालबालिका मन्त्रीलाई स्वागत तथा सम्मान गरिएको छ । मन्त्री सिंहलाई नेपाल डोरीतान संघ प्रदेश २ को आयोजनामा लालबन्दीमा स्वागत तथा सम्मान गरिएको हो ।

नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान गर्दै लालबन्दीका विभिन्न खेलाडी तथा प्रशिक्षकहरुले मन्त्री सिंहलाई अबिर र दोसल्ला पहि¥याएर स्वागत तथा सम्मान गरेका हुन् । नेपाल डोरीतान संघ प्रदेश २ का अध्यक्ष प्रभुनारायण शिवाकोटीको अध्यक्षता तथा मन्त्री सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सर्लाही फुटबल संघका अध्यक्ष विष्णु सुस्लीङ्, कराँते प्रशिक्षक सन्तविर माझी, क्यूकोशिन कराँते प्रशिक्षक शक्ति साह, फुटबल प्रशिक्षक वेद बहादुर राईलगायतका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुले मन्त्री सिंहलाई सम्मान गरेका थिए । कार्यक्रममा लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, समाजका भद्रभलाद्मी, खेलप्रेमी , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।