बसन्त लामा बारा / निजगढ, असोज १९—निजगढ नगरपालिकाको साविक भरतगंज सिंगौल वडा नम्बर ४ बगर खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माणकार्य अलपत्र परेको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा निजगढ नगरपालिकासंग संझौता गरेर पुलको निर्माण सुरु गरिएको भए पनि ३ बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्दा आफुहरुलाई दुःख लागेको स्थानीयले चियोचर्चो खबरसंग गुनासो गरे । पुलको हाल सम्म ४० प्रतिशत मात्र निर्माणकार्य भएको छ ।
सम्झौता भएअनुसार समयमा निर्माण सम्पन्न नहुदा वर्षौ देखि सास्ती खेप्दै आएको आफुहरुलाई वर्षायाममा खोलाको वारपार गर्दा जोखिम मोलेरै ओहोरदोहर गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
यो झोलोङ्गे पुलको निर्माण सम्मपन्न भए पछि साविक भरतगंज सिंगौल वडा नम्बर ९ का स्थानीयलाई मात्र नभई छिम्मेकी जिल्ला मकवानपुर बकैया गाउँपालिकाको वडा नम्बर २ दमैचौर तीनढुङ्गेका स्थानीयलाई समेत आवतजावतमा सहज हुने छ ।
झोलुङ्गे पुलको निजगढ नगरपालिकामा मेयर र उप मेयर आर्थिक वर्ष ०७६/०७७ मा शिलान्यास गरेका थिए । निर्माण थालेको लामो समय सम्म पनि पुलको निर्माण सम्पन्न नहुनुमा नगरपालिका र अन्य सरोकारवाला दोषी रहेको स्थानीय बताउछन् । अहिले सम्म निर्माणका लागि दवाव सृजना गर्न नसक्नु आफुहरुको पनि कमजोरी रहेको स्थानीय बताउछन् ।
सिंगौल बगर खोलामा जस्तै झोलुङ्गे पुल ६ महिना पहिले वडा नम्बर १० स्थित लाल खोलामा निर्माण सुरुगरियकोमा निर्माण सम्मपन्न गरि केहिदिन अघि निर्माण समितिले निजगढ नगरपालिकालाई हस्तान्तरण गरि सकेकोछ ।
निर्माणाधीन बगर खोला झोलुङ्गे पुल निजगढ नगरपालिका र हेल्वेटासको सहकार्यमा ९६ लाख ३४ हजार १ सय ८७ रुपैयाँ २३ पैसा मा निर्माण सुरु गरिएको थियो । जसको लम्बाई ११५ मिटर उचाई १२.९२ रहेकोछ ।