हरिपुर,आसोज १८—राष्ट्रिय परिचय पत्र सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमवार हरिपुर सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा हरिपुर नगरपालिका प्रमुख जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले राष्ट्रिय परिचय पत्र बारे कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रियपत्र के हो ? यो किन गर्नु पर्छ ? कुन कुन कागजात आवश्यक पर्छ ? जनप्रतिनिधिको भुमिका के हो जस्ता विषयमा प्रमुख जिल्ला अधिकारी महतोले प्रष्ट पारेका थिए । जिल्लामा हाल सम्म नौ वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ ।हरिपुर्वा नगरपालिकामा यो कार्यक्रम सम्पन्नको चरणमा पुगेको छ भन्ने चन्द्रनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र पर्सा गाउँपालिकामा सञ्चालनमा रहेको छ ।

हरिपुर नगरपालिकामा असोज २२ गते देखि अभियान सञ्चालन हुनेछ । कार्यक्रममा हरिपुर नगरपालिका उप प्रमुख रेणुका देखी काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राज कुमार दास, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप निर्देशक दिलीप कुमार सिंह लगायतको उपस्थिति रहेको थियो । सर्लाहमा हाल सम्म १लाख ८१ हजार ९ सय ३ जनाको राष्ट्रिय पत्रको विवरण संकलन भई सकेको छ । निधारीत प्रगति प्रतिशत ७० मा हाल सम्म ६९.६४ प्रतिशत प्रगति भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ ।