म अचानो भई रहन सक्दी नँ
सबै लाई छाती थापेर
टुक्रा पार्दा पार्दै
म पनि सिङ्गो रहन सकिनँ
ईच्छाहरु पिठो भै सके
प्रत्येक टुक्रामा म पनि टुक्रिएकै छु
हरेक पर्वमा हरेक उत्सवमा ।
कोही जन्मदा कसैको बिबाह हुदाँ
कसैले जागिर पाउँदा कसैले जित्दा
म नै अचानो बनेर
म नै टुक्रिएर म नै भाँचिएर
कतिका खुशिमा बलि चढेँ !
न त बलि हुनेलाई थाह छ
न त दिनेलाई ?
मन्दिरहरुमा बलि चढ्छन्
अचानो म नै हुन्छु
न त देवताले सुन्छ न त मान्छेले ?
अब म अचानो रहिरहन सक्दिनँ
मलाई बीना अचानो छिनाऊ
टुक्रा टुक्रा पार
ता कि फेरि कोही अचानो बन्न न परोस् ।
हरेक दिवाली , कुल पुजा
संक्रान्ती , दशै होली अनि
अनेकन उत्सवमा
के मैले अचानो बन्ने ठेक्का उठाएको छ र ?
कतै कानुन छ ?सारा बली अचानोमा नै दिनु भन्ने
अब त म अचानो नै रहन चहान्न
बिलकुल शान्त रहन चहान्छु
मेटीएर यसपालीबाट ।
बीना अचानो अब काम गर न
तिम्रा स्वादका लागि म किन अचानो बन्ने ?
तिम्रा कुर्सीका खेलमा म किन मेटीने ?
अब तिम्रा कर्तुत बाट अछुत रहन चहान्छु ।
मनाऊ दशैँ तिहार छर खुशिहरु तर
कसैलाई दुखी बनाउने हक छैन तिम्रो ।
धन्यवाद !
२०७८/०६/१५
लालबन्दी , सर्लाही ।