मनोज यादव/मलंगवा,असोज १५ —सर्लाहीको कौडेना गाउँपालिका वडा न–७ सक्रौलका आर्थिक रुपले अति विपन्न दलित बालकको अपरेशनको लागि सक्रिय सहयोगी समाज सेवा सर्लाहीमा आवद्ध युवाहरुले आर्थिक सहयोग गरेको छ ।
समाजसेवी युवाहरु सम्मलित उक्त संस्थाले संजय रामको ६ वर्षीय छोराको मलद्वारको अपरेशनका लागि नगद रु ३० हजार आर्थिक सहयोग गरेका हुन ।


मलद्वार बाट दिशा गर्नुको सट्टा पेट बाट दिशा बाहिरिने समस्या रहेको पिडित रामको छोराको अपरेशनमा धेरै रकम खर्च लाग्ने भएकोले लाग्ने खर्चमा थोरै भएपनि आर्थिक भार कम गराउने उदेश्यले सो रकम प्रदान गरेको सहयोगी संस्थाले बताएको छ ।
बालकको अहिले काठमाडौ स्थित कान्तीबाल अस्पतालमा उपचार चलिरहेको सुजित यादवले जानकारी दिएको छ । सक्रिय सहयोगी समाज सेवा सर्लाहीले यसअघि पनि आर्थिक रुपले अती विपन्न पिडित परिवारलाई सहयोग गर्दै आएको छ ।