जनकपुरधाम,असोज १५—प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजनामा प्रदेश २ का ८ जिल्लाका १६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । प्रदेशका ८ जिल्लाका २/२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद ५ हजार रुपैयाँकासाथ सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री सिंहले सर्लाहीको पद्म भुवनेश्वी नमुना वृद्धाश्रम,जनकपुरको जानकी वृद्धाश्रम, र बाराको जेष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई पुरस्कृत गरेका थिए ।
आश्रमलाई २५ हजार नगद र २५ हजार रुपैयाँको खाद्यान्न सामग्री उपलब्ध गराइएको मन्त्रालयको महाशाखा प्रमुख देवकुमारी खत्रीले बताइन् ।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलाबाट मुक्त गर्न ठोस नीति ल्याईने बताए । जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउन आफ्नो प्रयास रहने बताए ।