लालबन्दी,असोज—१४,आफुले बाटोमा भेट्टाएको ५० हजार नगद सम्वन्धित व्यक्तिलाई नै फिर्ता दिएकी २० वर्षीया छात्रा मनिषा वाईबा उनि अध्यययनरत विद्यालयले आज (बिहिवार) सम्मान गरेको छ ।
सम्मान स्वरुप उनि अध्ययनरत जनज्योति माध्यमिक विद्यालय लालबन्दीले उनीलाई खादा ओडाएर सम्मान गर्नुकासाथै १ वर्षको सम्पूर्ण शुल्क मिनाह गरेको विद्यालयका शिक्षक चेतबहादुर मगरले चियोचर्चो खबरलाई जानकारी दिए ।
उनि सवैको लागि उदाहरणिय र इमान्दारिकताको नमुना क्षात्रा भएकाले आफुहरुले उनको प्लटू अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क मिनाह गरेको विद्यालयका प्रधानाध्यापक रामनिवास साहले जानकारी दिए । विद्यालय परिसरमा गरिको सम्मान कार्यक्रममा प्रधानाध्यापक साह लगाएत अन्य शिक्षकहरुको सहभागिता रहेको थियो ।
मनिषाले दुई दिन अघि मंगलवार आफुले भेट्टाएको ५० हजार रुपैया प्रहरीको रोहबरमा सम्वन्धित व्यक्तिलाई नै फिर्ता गरेकी थिईन ।
मनिषा ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरिया घरभई हाल जनज्योति माध्यमिक विद्यालय लालबन्दीको प्लटूमा अध्ययरत छिन् । लालबन्दी नगरपालिका–८, बस्ने रन्जना कुमारी लोको सोमवार दिउँसो साँढे २ बजेतिर लालबन्दी–७, बजारस्थित जानकी माध्यमिक विद्यालय अगाडि ५० हजार रुपैयाँ हराएको थियो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार उक्त रकम कम्प्यूटर कक्षा गरेर फर्किदै गरेकी मनिषाले फेला पारेकी थिईन् । मनिषाले सो रकम ईलाका प्रहरी कार्यालय लालबन्दीमा लगेर बुझाएकी थिईन । त्यसपछि प्रहरीले मंगलवार रकम फेला पार्ने र रकम हराउने दुवैजनालाई बोलाएर सम्वन्धित व्यक्तिलाई रकम दिएर पठाएको थियो ।