लालबन्दी, असोज १३ – सर्लाही सदरमुकाम मलंगवामा चार दिनअघि बेवारिसे अवस्थामा फेला परेको शव लालबन्दी नगरपालिका–५, शान्तिटोल बस्ने २९ वर्षीय रामपुकार महतोको रहेको सनाखत भएको छ ।
गए शनिवार मलंगवामा नगरपालिका–७, गणेशियास्थित नहरमा बेवारिसे शव फेला परेको थियो ।मृतकका परिवारले शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोका अनुसार मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात बुधवार बिहान परिवारले बुझिसकेका छन् । महतोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए । मृतक महतोले लालबन्दी ५ स्थित पुरानो राजमर्गमा मोवाइल पसल संचालन गर्दै आएका थिए ।