लीलाराज दाहाल (गजलकार)
बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन आँसु बग्छ खालीआजभोलि ।
इमान, जमान मासियो हराए इमान्दार
सल्बलाउँछन् यताउता जाली आजभोलि ।
समयकाल साह«ै अचेल खराब भएको छ
रक्ताम्मे छन्चरी बस्ने डाली आजभोलि ।
गुमनाम छन् नैतिकताका पुजारीहरु त
ठग,सैतानहरु पाउँछन् ताली आजभोलि
फूल फुल्नै छोडिसक्यो, उजाड भो वाग
कुर्सी खोस्नै व्यस्त छन् माली आजभोलि ।
बामगती ११,कर्मैया, सर्लाही