वीरगंज, असोज—९, पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं.१७ अलौं बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोहि वडाको सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन् ।
उनिहरुलाई लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्कस्थित सडक खण्डबाट प्रक्राउ गरेको हो । ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकल जाँच गर्दा एक हजार ४ सय ७० पिस लागु औषध नाईट्राभेट ट्याब्लेट बरामद भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।