रौतहट,असोज—९, रौतहट प्रहरीले गरुडामा ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।
बरामद भएको मदिरा ईलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व चन्द्रपुर, गरुडा नगरपालिकाका प्रतिनिधि, पत्रकार र जनप्रतिनिधिको उपस्थितिमा प्रहरी कार्यालय परिसर नजिक नष्ट गरिएको प्रहरीले जनाएको छ । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको र आफुहरुले नियन्त्रणको प्रयास गरिरहेको प्रहरीको भनाई छ ।