हरिपूर्वा,असोज ८ – सर्लाही प्रहरीले हरिपूर्वाबाट चाँदीको गरगहनासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार भारतबाट अवैधरुपमा भित्र्याइएकाे एक लाख २१५ रुपैयाँ बराबरको तयारी चाँदीका गरगहनासहित हरिपूर्वा नगरपालिका–५, का २७ वर्षीय रोशन प्रसाद अधिकारी र वर्ष २७ कै कौशल प्रसाद यादव पक्राउ परेका हुन् ।
उनीहरुलाई सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने सङ्ग्रामपुरतर्फबाट बीआर ३० जे ७१६५ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रेस नोटमा उल्लेख छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको छ ।