रौतहट , असोज —७ सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थापा दहाललाई रौतहट प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रदेश–२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
उनलाई गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोप छ ।
सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
यसअघि पनि सुशीलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।
यसैविच डीआइजी रंजितकारको नाम जोडि बिभिन्न मिडियाबाट भ्रामक समाचार संप्रेसण भएको भन्दै प्रदेश प्रहरी कार्यालय जनकपुरले त्यसको खण्डन गरेको छ ।