प्रतिकात्मक तस्विर ।

रौतहट,सोज ७—रौतहट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।

प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली साहलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा साहलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।