सप्तरी, असोज ६ —सप्तरीमा विषालु सर्पले डँस्दा एकै परिवारका दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डल रहेका छन् । उनिरु दिदी भाइ हुन ।
मंगलवार राती उनीहरुलाई सुतेकै ठाउमा सर्पले डसेको र उपचारको क्रममा मृत्यु भएकोे सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उपचारको लागि सुनितालाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।