प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्ल : पानसमा दीप प्रज्वलन गरेर साधारणसभाको उद्घाटन गर्दै,साथमा सहकारीका अध्यक्ष लगाएत अन्य अतिथिहरु ।(तस्विरःकृष्ण थपलिया )

हरिवन, असोज ६—सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको आज २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
हालसम्म एक अर्ब ५० करोड ९१ लाख ३३ हजार ७७८ रुपैयाँ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ९७ लाख २४ हजार ७४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारणसभामा जानकारी गराइएको छ ।


असोज १ गतेदेखि हिजो ५ गतेसम्म संस्थाको मुख्य कार्यालय हरिवन ११, बागमती नगरपालिका–१, मिलन चौक र लालबन्दी नगरपालिका–७, मा रहेको सेवा केन्द्रसँगै हरिवन–२ अत्रौली, हरिवन–६, घुर्कौली र बागमती नगरपालिका ८, ९ र १० सोल्टी बजारको संयुक्त वडा कार्यालयमा शेयर सदस्यहरुको उपस्थिति दर्ता गराई आज साधारणसभा गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी ६ स्थानमा उपस्थिति दर्ता गराई आज (बुधवार) प्रतिनिधिमूलक शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा गरिएको संस्थाले जनाएको छ । हरिवन नगरपालिका–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा आयोजित साधारणसभामा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, संविधान सभा सदस्य हरि उप्रेती, राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डल, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी विभागका ओम नारायण झा, संस्थाका सल्लाहकार विदुर कुमार प्याकुरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, नगर सहकारी संजालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन नगरपालिकाको सहकारी विभागका प्रभुख एवं वडा नं. १० का वडाध्यक्ष शम्भु प्रसाद मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गरे । संस्थाका सचिव राज कुमार उप्रेतीको संचालन तथा उपाध्यक्ष तारा देवी सुवेदीको स्वागतमा साधारणसभा सम्पन्न भएको हो ।