रौतहट,असोज ५—रौतहट प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–२ का ३५ वर्षीय युवा बिध्यानन्द साह सोनारलाई अवैध ४० किलो चाँदीसहित पक्राउ गरेको छ । मंगलवार बिहान करिव करिव ७ बजेर ३५ मिनेट जादा अस्थायी प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले २ वटा कालो झोलामा ल्याईएकाे २०/२० किलो चाँदीसहित साहलाई पक्राउ गरेको हो ।
काठमाडौँ बाट गौर आएको ज्वाला डिलक्समा संका लागेर चेक जांच गर्दा बस बाट बाहिर झरेका साहलाई दुईवटा पोका बनाई ल्याएको ४० किलो चाँदी साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेका अनुसार चाँदीसहित पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको छ ।