केन्द्रको रिवन काटेर उद्घाटन गर्दै,मेयर खड्का । तस्विर :कृष्ण थपलिया ।

ललाबन्दी,आसेज ४—प्रेरणा शारीरिक पुनस्थापना बिस्तारित केन्द्र लालबन्दी— १ नवलपुरको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग तथा ह्याण्डिक्याप ईन्टरनेशनल संगको साझेदारीमा स्थापना भएको प्रेरणा, शारीरिक पुनर्स्थापना विस्तारित केन्द्रको लालबन्दी नगरपालिका मेयर मानबहादुर खड्काले सोमवार (आज) उद्घाटन गरेका हुन ।


उद्घाटन कार्यक्रमका बोल्दै मेयर खड्काले विश्व औद्योगिकरण तर्फ अघि बढेसंगै दुर्घटनाका कारण मानिसका अंगभंग हुने क्रम बढेकाले अहिलेको आवस्थामा यस्ता शारीरिक पुनस्थापना केन्द्रको महत्व बढेको बताए । मेयर खड्काले पछिल्लो समय घेरै मानिसमा हाडजोर्नी तथा नसाको समस्या भईरहेको र फिजियोथेरापी सेवाका लागि हप्तौ सम्म धाउनु पर्ने हुदाँ यो आर्थिक अवस्था कमजोर रहेका नागरिको पहुच भन्बादा बाहिर रहेकोमा प्रेरणाले लालबन्दी नगरपालिकासंग सहकार्य गरि पुनस्थापना बिस्तारित केन्द्र सञ्चालनमा ल्याएकोमा धन्यवाद ज्ञापन गरे । मेयर खड्काले दातृ राष्ट्रको सहयोग संगसंगै लालबन्दी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


कर्यक्रममा प्रेरणका कार्यकारी निर्देशक कपिल पोखरेलले पुनस्थापना सेवाको अवस्था बारे बोल्दै,नेपालमा नसर्ने रोग, चोटपटक र जेष्ठ नागरिकको जनसंख्यामा भएको बृद्धिसँगै पुनस्थापना सेवाको मागमा पनि बृद्धि भएको बताउदै नेपालमा पुनस्थाना सेवाको बढ्दो मागलाई सम्बोधन गर्ने क्षमता भने सिमित रहेको बताए । निर्देशक पोखरेलले नेपालमा जनस्वास्थ्य ऐन भित्र फिजियोथेरापी सेवालाई एक अनिवार्य सेवाको रुपमा मान्यता प्रदान गरिएको भएता पनि यो सेवा शहरि क्षेत्रका तृतिय स्तरको अस्पतालहरुमा मात्र उपलब्ध रहेको बताए । प्रदेश न. २ मा हेर्ने हो भने नारायणि अस्पताल बिरगंज र प्रादेशिक अस्पताल जनकपुरमा मात्र फिजियोथेरापी सेवा उपलब्ध रहेको बताए । पुनर्स्थापना सेवा अपाङ्गता भएका व्यक्तिहरुको लागि मात्रै आवश्यक पर्ने सेवा नभई सबै मानिसलाई जीवनको कुनै न कुनै अवश्थामा आवस्यक पर्न सक्ने निर्देशक पोखरेलको भनाई थियो । यो सेवा महंगो भएको निर्देशक पोखरेलको बताए । सेवा सञ्चालका लागि नगरपालिकाले अर्थिक वर्ष ०७७/०७८ मा ७ लाख र ०७८/०७९ मा ६ लाख सहयोग गरेकोमा धन्यवा ज्ञापन गर्दै, निर्देशक पोखरेलले नगरपालिका क्षेत्र भित्रका नागरिकलाई नि :शुल्क फिजियोथेरापी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । चापलाई हेरेर बिहान बेलुकीनै सेवा दिन आफुहरु प्रतिवद्धत रहेको निर्देशक पोखरेलले बताए ।


कार्यक्रममा बोल्दै संविधान सभा सदस्य प्रकाश पाख्रिन,लालबन्दी नगरपालीकाकी उपमेयर शान्ति लामा,लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशी, लालबन्दी १ का वडाध्यक्ष पन्चलाल स्याङ्गवो, ह्यान्डीक्याप – साझेदार संस्थाका प्रतिनिधि कन्चन भण्डारी, लालबन्दी जेसिज अध्यक्ष श्याम खड्का लगाएतका वक्ताहरुले बिस्तारित केन्द्रबाट लालबन्दीका नागरिक मात्र नभई प्रदेश नं.२ कै नागरिक लाभान्वित हुने भएकाले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ललाबन्दी —७ का वयोवृद्धा एकनाथ खतिवडालाई प्रेरणले एक थान ह्वीलचेयर प्रदान गरिएको कर्यक्रम सञ्चाक एवम् पुनस्थापना बिस्तारित केन्द्र नवलपुरका प्रमुख बेनि आलेले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनद्वारा सन २०११ माजारि गरिएको अपाङ्गता सम्बन्धि प्रतिवेदनका अनुसार कुल जनसंख्याको १५% मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको पाईएको छ । उक्त प्रतिबेदन अनुसार ८० % मानिसहरुको बसोवास गरिब तथा अल्पविकसित देशहरुमा रहेको छ । राष्ट्रिय जनगणता २०६६ अनुसार, प्रदेश न. २ मा शारीरिक अपाङ्गता भएका जनसंख्या २४७६२ र जेष्ठ नागरिकको जनसंख्या १३८७५४ रहेको छ । जसलाई शारीरिक पुनस्र्थापनाको आवश्यक छ ।