घर निमार्णका लागि शिलान्यास कार्यमा सहभागी समाजसेवी आचार्य लगायत ।

ईश्वरपुर,असोज ३—समाजसेवी मनोज कुमार आचार्यले सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथ लेबर हाउसमा एक जना एकल महिलाको घर निर्माण गर्न आर्थिह सहयोग गरेका छन् । नेपाली कांग्रेसका यूवा नेता आचार्यले विगत दुई वर्षदेखि छानो नै नभएको घरमा बस्दै आएकी ८५ वर्षीया एकल महिला टिकुमाया गोलेको घर निर्माण गर्न ५० हजार नगद सहयोग गरेका हुन ।

आचार्यले आईतवार (आज) संविधान दिवसको अवसर पारेर स्थानीय कांग्रेस नेताहरुसहित लेबर हाउसमा पुगेर वृद्ध महिलाको घर निमार्णका लाथि शिलान्यास गरे । युवा नेता आचार्यसहित स्थानीय कांग्रेस नेताहरु वृद्ध महिलाको घर निर्माण एकजुट भएका छन् । ईश्वरपुरको भक्तिपुर निवासी समाजसेवी आचार्यले नेपालमा कोभिड पछिका दिनहरुमा समजीक कार्यमा निक्कै नै सकृय भएका छन् । उनले यस्तै समस्यामा परेका विभिन्न व्यक्तिहरु तथा सामाजिक संघसंस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् ।