पार्टीको नगर कमिटी कार्यालय उद्घाटन गर्दै,सर्लाही इन्चार्र्ज लक्ष्मण पौडेल । तस्विर सौजन्य नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले ।

हरिवन,असोज ३—नेकपा एकीकृत समाजवादी पार्टीका सर्लाही इन्चार्र्ज लक्ष्मण पौडेलले पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले वचाएको दावी गरेका छन । आईतवार (आज) सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान दिवस समारोहमा वोल्दै पार्टी नेता पौलेल लगाएतका नेताहरुले उक्त कुरा बताएका हुन ।


कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पौडेलले केपी ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैशला र आफुहरुको आन्दोलनले व्युताएको दाबी गरे । पौडेलले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था वचेकाले सबैलाई यही पार्टीमा गोलवन्द हुन आव्हान गरे ।
पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गरे । उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आजै उद्घाटन भएको नगर सचिव किशोर मिक्चनले जानकरी दिए ।
यसै विच आजै नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ । वार्ड नम्वर ५ का अध्यक्ष नागेन्द्र कुमार साह संयोजक, वार्ड नम्वर ४ का अध्यक्ष धन वहादुर वाईवा सह संयोजक र वडा सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए । हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् ।