प्रतिकात्मक तस्विर ।

महोत्तरी,असोज २—महोत्तरी प्रहरीले औरही बजारबाट नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँका रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेका रहेका छन् ।


उनिहरुलाई शुक्रवार राती ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ गरिएको र उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।उनिहरु दुवैलाई अनुसन्धानका लागि शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।