लालबन्दी,असोज—१,सर्लाही लगाए देशैभर आश्विन सङ्क्रान्तिका दिन शुक्रवार (आज) विश्वकर्मा भगवानको पूजा आराधना गरी मनाईदै छ ।
लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलंगवा लगाएत जिल्लाको उद्योग कलकारखानामा विश्वकर्मा भगवाको प्रतिमा तथा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाईएकाे छ ।
आजको दिन उद्योग कलकारखानालाई विशेषरूपमा सजाएर मालिक र मजदुरकाे सहभागीतामा यो दिवस मनाउने गरिन्छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहेको छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ ।
विश्वासकासाथ आजको दिन औजारहरुको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वासकासाथ कालिगड तथा औद्योगिक मजदुरहरुले आफुले प्रयोगमा ल्याउने औजरको पूजा आराधना गर्ने गर्दछन् । आज पूजा गरिएको माटोबाट बनाइएको विश्वकर्माको मूर्ति जिल्लाको बागमती,कालिन्जो,फूल्जोर, झिम लगाएतका नदीमा लगेर विसर्जन गर्नेे गरिन्छ ।