रौतहट,भदौ—३१,रौतहटको देवाहि गोनाहि नगरपालिका–७ का वडाध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका–६ बस्ने रामएकवाल महतोको १० बर्षीय छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका –२ बस्ने जंग बहादुर पटेलको अन्दाजी १४ बर्षिय छोरी मुस्कान कुमारी पटेल रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्री राम भण्डारीले जानकारी दिए ।


उनिहरुको घुँगी टिप्ने क्रममा पोखिरीमा डुबेर मृत्यु भएको रौतहड प्रहरीेले जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रनाउ भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानियहरुको सहयोगमा शवलाई पोखरीबाट बाहिर निकाली शवको जाँच मुचुलका सम्पन गरि शवलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको छ ।
प्रहरी नायव उपरीक्षक श्री राम भण्डारी जानकारीका अनुसार घटना बारे थप अनुसन्धान भईरहेको छ । गएको मंगलबार पनि बौधिमाई नगरपालिका–५ कोपवामा जमेको पानिमा डुबेर एक २ बर्षिय बालकको मृत्यु भएको थियो ।