ईश्वरपुर,भदौ,–३१,ठगी र वन मुद्धामा फरार रहेका तीन अभियुक्तलाई ईलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले सर्लाहीको ईश्वरपुरबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा जिल्लाको ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेत बहादुर कार्की, सोही ठाउँका ३४ वर्षीय बलराम थापा र ईश्वरपुर नगरपालिका–६, बयलवास बस्ने ३४ वर्षीय मझर अंसारी रहेका जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुमध्ये चेत बहादुर कार्कीविरुद्ध सर्लाही जिल्ला अदालतले चारवटा ठगी मुद्धामा ५४ लाख ३४ हजार ८५० रुपैयाँ ३८ पैसा बिगो जरिवाना तोकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रेस नोटमा उल्लेख छ । प्रहरीका अनुसार कार्की १४ वर्षअघि सुनसरी जिल्लामा रहेको एक सहकारीमा ठगी गरेर फरार भएका अभियुक्त हुन ।
त्यस्तै अर्का अभियुक्त बलराम थापालाई अदालतले १६ लाख ३१ हजार ४५४ रुपैयाँ ४४ पैसा बिगो जरिवानासहित एक वर्ष ६ महिना कैद सजाय तोकेको छ । वन मुद्दाका अभियुक्त मझर अन्सारीलाई भने अदालतले ८९ हजार ६ सय ३८ रुपैयाँँ बिगो जरिवाना माग गरेको थियो ।उनिहरुलाई गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई अदालत पेश गरिएको ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।