
ईश्वरपुर,भदौ—२९,सर्लाहीको ईश्वरपुर नगरपालिका—९,खोरिया टोलमा विभिन्न पार्टी परित्याग गरि १२१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शभुलाल श्रेष्ठले आविर तथा खादा लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।

वडा सभापति सिताव शेषको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शभुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रेवश कार्यक्रममा बृज नारायण सिंहको नेतृत्वमा नेकपा एमाले तथा राजपा परित्यक गरि १२१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेसका युवा नेता रामबाबू साहले चियोचर्चो खबरलाई जानकारी दिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि प्रदिप मैनाली, मदन बिश्वकर्मा,रामबाबू साह,नन्दीलाल चौधरी, समिर केसी, जुना परियार, दिनेश मैनाली लगायतको उपस्थिती रहेको नेपाली कांग्रेस ईश्वरपुरले जनाएको छ ।