सोल्टी,भदौ–२९,सर्लाहीको सोल्टीमा ४८ औं इन्द्र जात्रा मेला महोत्सव हुने भएको छ । सोल्टी यूवाक्लव र बागमती उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज १ गतेबाट मोला सुरु हुने मेला महोत्सव आयोजक समितिका अध्यक्ष टिका दर्लामीले जानकारी दिएका छन् ।


उनका अनुसार मेलामा प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, कुस्ती,बिभिन्न खेल तमासा,रोटेपीङ र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ ।
मेलमा स्थानीय उत्पादकोसाथै बिभिन्न व्यापारीक स्टलसमेत रहने आयोजकले जनाएको छ । मेला सम्पन्न गर्न अनुमानित ७ लाख खर्च हुने छ । बागमती नगरपालीकाको कार्यलय ,व्यापारी तथा स्थानीयको व्यक्तिगत सहयोगमा मेला सम्पन्न गरिने अध्यक्ष दर्लामीले जानकारी दिए ।
मेला महोत्सवको पहिलो दिन असोज १ गते महोत्सव उद्घाटन तथा सो डान्स,२ र ३ गते आर्केष्ट्रा र मेलाको अन्तिम दिन असोज ४ गते खुल्ला डान्स प्रतियोगीता आयोजना गरिने मेला आयोजक समितिका उपाध्यक्ष अमृत कुश्वाहले जानकारी दिए ।