हरिवन,भदौ –२६, नेकपा एकीकृत समाजवादी पार्टीको सर्लाही जिल्ला स्तरीय कार्यकर्ता भेला,पदाधिकारी घोषणा नगरी सम्पन्न भएको छ ।
अध्यक्ष, सचिब लगायत पदाधिकारी सहित जिल्ला नेतृत्व चयन गर्ने उद्धेश्यका साथ भेला आयोजना गरिएको थियो । भेला मार्फत ३ सय ५१ सदस्यीय जिल्ला कमिटी कायम भएको घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश दुई अध्यक्ष रामचन्द्र रायले हाल पदाधिकारी बाहेकको ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको र भोली (सोमबार) प्रदेश कमिटीबाट अध्यक्ष, सचिब लगायत पदाधिकारीहरुको नामावली सार्वजनिक गर्ने भेलामा बताएका थिए ।
पार्टी श्रोतका अनुसार जिल्ला सचिबमा सहमति जुट्न नसकेपछि पदाधिकारीको घोषणा हुन नसकेको हो । जिल्ला अध्यक्षमा भने नेता सुरेन्द्र लामाको नाममा करिब करिब सहमति भईसकेको र सचिबमा भने सहमति जुट्न नसकेको समाजवादी श्रोतले जनाएको छ ।