बारा,भदौ—२७ ,नक्कली नोटको कारोवार गरेको आरोपमा बारा र रौतहटबाट ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् । बाराको निजगढबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरि ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरु नक्कली र सक्कली नोटसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन् । प्रहरीले रौतहटमा पक्राउ परेका १ जनालाई पनि बारा लगेको जनाएको छ ।
प्रहरीको प्ररम्भिक अनुसन्धानमा उनिहरु भारतमा नोट बनाई नेपालमा सोही नोटको कारोबार गर्ने काममा संलग्न रहेको खुलेको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।