लालबन्दी,भदौ–२६,आफ्नो जन्मदिनको अवसरमा नेपाली कांग्रेसका युवा नेता निरमुनी मैनालीले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
नेता मैनालीले शनिवार (आज) जन्मदिनको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भूवनेश्वरी वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।
हरिवन नगरपालिका–६, घुर्कौली निवासी मैनालीले आज दिउँसो वृद्धाश्रममै पुगेर चामल, दाल, तेल लगायत खाद्यान्न तथा वृद्धवृद्धालाई फ्रुटी प्रदान गरेका वृद्धाश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।
आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धालाई सम्झेर खाद्यान्न लगायत सहयोग गरेकामा आश्रमका संरक्षक बासुदेव शरण कोइराला तथा व्यवस्थापक भवानी कोइरालाले धन्यवाद् ज्ञापन गरेका छन् ।
आश्रममा हाल ४६ जना वृद्धवृद्धाहरु आश्रित छन् । विभिन्न उत्सव, तिथि,वार्षिक पुण्यतिथि, लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको छ ।