हरिवन,भदौ–२५, नेकपा एकिकृत समाजवादी पार्टी हरिवनको अध्यक्षमा चूडामणि वाग्ले चयन भएका छन् । प्रदेश सभासद डिल्लीप्रसाद उप्रेतीको हरिवन–९, दनुवारी स्थित निजी निवासमा शुक्रबार दिउँसो भएको भेलाले पूर्व पत्रकार चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय नगर कमिटी चयन गरेको हो । नगर कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कर्ण बहादुर लुंगेली, सचिबमा किशोर मिक्चन र सह–सचिबमा सजनि स्याङ्तान सर्बसहमत चयन भएका छन् ।


समाजवादीका नेता भरतकुमार कार्कीका अनुसार संगठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरुको नेतृत्व चयन गरिएको भए पनि चडैं नगर कमिटीमा पदाधिकारी एवं सदस्यहरु थपिने छन् । समाजवादीले यस अघिनै प्रेस बक्तव्य जारी गरेर पार्टीले भदौ २७ गते आईतबार जिल्ला नेतृत्व चयन गर्ने जनाएको छ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा आयोजना हुने जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरुमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ ।
शुक्रबारको भेलाले भारतबाट भर्खरै उपचार गरेका आएका प्रदेश सभासद डिल्ली प्रसाद उप्रेतीको स्वास्थ्यलाभको कामना गर्नुकासाथै समाजवादी प्रवेश गरेका हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिलाई धन्यवाद प्रकट गरेको अध्यक्ष वाग्लेले जानकारी दिए । जिल्ला भेलाका लागि युवा संघ नेपालका जिल्ला अध्यक्ष महेश कटुवालको संयोजकत्वमा १०१ सदस्यीय स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन लागि समिति गठन गरेको एकिकृत समाजवादी पार्टीले हरिवनले जनाएको छ ।