सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोे र डिभिजन वन कार्यलय सर्लाहीका प्रमुख माधव प्रसाद देव वृक्षारोपण गर्दै ।

लालबन्दी,भदौ—२२,सर्लाहीको लालबन्दीमा —६ मा रहेको मधु सामुदायिक वनमा मंगलवार बिहान वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस २०७८ र राष्ट्र सेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान अन्तर्गत ३०० वटा मलेसियन सालको विरुवा रोपिएको डिभिजन वन कार्यलय सर्लाहीका प्रमुख माधव प्रसाद देवले चियोचर्चो खबरलाई जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमका सहभागिहरू ।


सर्लाही प्रमुख जिल्ला अधिकारी रामकुमार महतोेको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको प्रमुख देवले जानकारी दिए । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय प्रमुख, वन कार्यालयका कर्मचारी, बिभिन्न वन समुहका पदाधिकारीको सहभागिता रहेको थियो ।


प्रमुख देवका अनुसार जिल्लामा यसवर्ष १ लाख ४० हजार विरुवा रोपिएको छ । कार्यलयले जिल्लाको वन क्षेत्रमा २५ हजार हेक्टर जमिनमा वृक्षारोपण गरेको छ । त्यस्तै निजी स्तरबाट पनि वनले निःशुल्क उपलब्ध गराएको बिभिन्न जनातका १ लाख बढि विरुवा रोप्नको लागि लगेका वन प्रमुख देवले जानकारी दिए ।