जनकपुरधाम, २० भदौ
जनता समाजवादी पार्टीकी प्रदेश सासद रानी शर्मा तिवारीसहित तीन जना सभासद्ले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सभासद् अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् । योसँगै जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन् ।
लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैन । उनले सनाखतको म्याद सकिने अन्तिम दिन सनाखत गर्ने बताइएको छ । (न्यूज कारखाना)