मनोज यादव /ईश्वरपुर,भदौ —२० प्रदेश नं. २ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्तरीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ ।गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजनामा पुरुष तर्फ जुनियर,सबसिनियर ,सिनियर र मास्टर्स तहको प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।


ईश्वरपुर नगरपालिका वडा न—६ बयलबासमा आयोजना भएको प्रतियोगितामा आयोजक क्लब सहित राइजिंग युवा क्लब मलंगवा ,युनाइटेड फिटनेस सेन्टर लालबन्दी र तराई बुल्स जिम क्लबका खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगितामा मास्टर्स तर्फ प्रथम विकास श्रेष्ठ , दुतिय संदेश लामा र विक्रम पाख्रिन तृतीय भएका छन् ।यस्तै सिनियर तर्फ प्रथम,दुतिय र तृतीय क्रमशः निखिल कुमार झा , निरज सर्राफ र डिक बहादुर मगर भएका छन् ।यसैगरि सब सिनियर तर्फ सत्यमन लोप्चन,नयन जेना र देवेन्द्र श्रेष्ठ भएकाछन ।यसैगरी जुनियर तर्फ सन्तोष साह,धर्मेन्द्र राम र रंजित मगर क्रमश प्रथम दुतिय तृतीय भएको आयोजक संस्थाका इभेन्ट मेनेजर चाँद मिकरानीले जानकारी दिएका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईश्वरपुर नपाका नगरप्रमुख मनोज देवकोटाले विद्यालय, खेलकुद क्लब तथा पालिकाहरुले अन्य सबैखाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको भएपनि प्रदेश न—२ मै पहिलो पटक यस किसिमको प्रतियोगिताको आयोजना सर्लाहीको ईश्वरपुरमा आयोजना गरिएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिंदै आयोजक कमिटीले तथा बिजेता खेलाडीहरुलाई बधाई दिएका थिए ।
प्रतियोगितालाई परी हार्डवेयर,नव प्रयास बचत तथा सहकारी संस्था ,मनोज आचार्य फाउन्डेसन र ईश्वरपुर मनकामना इंग्लिस स्कुलले प्रायोजन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेका थिए । पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित देखिएका थिए ।