सिरहा, भदौ —१९, सिरहा प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको औषधी बरामद गरेको छ ।


लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालका अनुसार लहान नगरपालिका १९ कटहा चोकबाट लु १स ८००७ नम्बरको अटोलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्दा रिकल–केटु–सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको हो।
शनिबार बिहान पख करिब २ बजे ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्टी टोलीले भन्सार छलेर ल्याएको उक्त औषधी बरामद गरेको जनाएको छ ।


कागजात नभएकाले उक्त औषधी भन्सार छलेर ल्याएको भनि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ्। बरामद गरिएको औषधीको मूल्य करिब ७५ लाख ५६ हजार ८ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार प्रहरी गस्ती देखेपछि, चालक अटो छाडेर फरार भएका भएका र उनको खोजी भइरहेको छ ।