मलंगवा,भदौ—१९, सशस्त्र प्रहरीको सकृयता बढेसंगै सर्लाहीमा लागुऔषधका कारोवारी तथा आपराधिक गतिविधिमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् ।


जिल्लाको लालन्दी ५ बाट शुक्रवार बिहान एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले साँझ ब्रह्मपुरीस्थित नेपाल–भारत सिमानाबाट एक थान कटुवा पेस्तोल बरामद् गरेको छ ।


शुक्रवार नै खाना पकाउने ग्याँस सिलिण्डर भित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल सर्लाहीले पक्राउ गरेको थियो । दुईदिन अघि अघि मात्र सशस्त्र प्रहरीले २२ किलो अवैध गाँजासहित एक युवकलाई पक्राउ गर्यो ।
शुक्रावर साँझ अबैध हतियारसहित ब्रह्मपुरी गाउँपालिका–४, काली मन्दिर नजिकैबाट पक्राउ परेका भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत–१, बस्ने अन्दाजी १७ वर्षिय किशोर गोलुकुमार दास हुन । उनलाई सशस्त्र प्रहरील बलको गस्ति टोलिले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठका अनुसार सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । पेस्तोलसहित पक्राउ परेका दासलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए ।

जिल्लामा खुल्ला सिमानाका कारण प्रतिबन्धित लागूऔषधको कारोवारी तथा हतियार लिएर नेपाल प्रवेश गर्नेररुको संख्या बढ्ना थालेको छन् । उनिरु हतियार लिएर नेपाल छिर्ने र घट्ना घटाएर भारततर्फ भाग्ने क्रम बढ्दो छ ।