हरिपुर,भदौ १७—हरिपुरमा नेकपा एमालेबाट निर्वाचित नगरका २४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीलाइ समर्थन जनाएका छन् । नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले बिहिवार (आज) जिल्ला निर्वाचन कार्यालय मलंगवा पुगेर एकीकृत समाजवादी पार्टीमा आफ्नो समर्थन जनाउदै सनाखत गरेका हुन् ।
नगरप्रमुख मन्सुरका अनुसार ४ जना निर्वाचित अध्यक्ष, एक कार्यपालिका सदस्यसहित २४ जनप्रतिनिधिले समाजवादी पार्टी रोजेको जानकारी दिए । आज निर्वाचन कार्यलय नपुगेका जनप्रतिनिधिहरु २२ गतेसम्म पुगरेर सनाखत गर्ने उनको दाबि छ । कतिपयको जनप्रनिनिधिहरु काम विषेशले पुग्न नसकेका भएपनि करिवकरिव सबैले समाजवादी नै रोज्ने उनले दाबी छ ।
निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय सीमा दिएको छ । अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भए अनुसार भदौ २२ गतेभित्रै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने छ । प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र साथमै लैजानुपर्ने व्यवस्था छ । हरिपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ३५ जना छन् ।