लालबन्दी, सर्लाही क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेलीले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छिन् । उनिसंगै प्रदेश नम्बर २ मा नेकपा एमालेका अन्य १० जना सभासद्ले पनि नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
प्रदेश नं. २ मा एकीकृत समाजवादी रोज्ने अन्य सभासदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।
उनिहरुले बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएका छन् ।