सामाजिक अभियन्ता सरोज खनालको मृत्यु अघिकाे तस्बिर । उनकै फेसबुक वालबाट ।

लालबन्दी,भदौ–१७,सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृह सर्भिस फर पिस नेपालका महासचिव सामाजिक अभियन्ता सरोज खनाल मृत भेटिएका छन् ।
हरिवनस्थित सुखेपोखरीमा अनाथ बालाश्रम संचालन गर्दै आएका ५३ वर्षीय खनाल धादिङमा आफ्नै कोठामा सुतेकै स्थानमा मृत भेथिएका हुन् । उनको मृत्यु कसरिभयो, खुल्न सकेको छैन् ।

खनालले मृत्यु अघि गर्दै गरेका सामाजिक काम । तस्विर :उनकै फेसबुकबाट ।


बरहथवा नगरपालिका–१६, गंगापुर स्थायी घरभई सर्भिस फर पिस नेपाल नामक संस्था मार्फत अनाथ बालबालिकाको संरक्षणमा लामो समयदेखी कृयासिल रहेका खनालले सर्लाही, धादिङ लगायत मुलुकका विभिन्न जिल्लाहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गरेका छन् ।
उनले पिउने पानीको अभावमा काकाकुको जीवन बिताउन बिवश चुरे तथा पहाडी क्षेत्रका नागरिकको लागि ‘एकरुपैयाको शक्ति’ अभियाननै सञ्चालन गरेका थिए । “बिकाशमा नागरिकले आफ्नो एकरुपैया लगानि गरेभने अपनत्व महसुस गर्छन् र बिकाशले सर्थकता पाउछ भन्ने,‘उनको धारणा रहेको थियो’ । सहभागिता मुलक बिकाशका लागि उनले ‘एकरुपैयाको शक्ति’ अभियान चलाएका थिए ।


पछिल्लो समय पनि उनि संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही समयदेखि त्यहाँ बस्दै आएका थिए । खनाल बिहिवार बिहान सुतेकै अवस्थामा मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।
सामाजीक काममा सधै समर्पित रहने स्वर्गिय खनाल नेपाली कांग्रेसका नेता विनोद खनालका आफ्नै भाई हुन् । खनालको मृत्युपछि सर्लाही र काठमाण्डौंमा रहेका उनका आफन्तहरु अहिले धादिङ पुग्नेक्रम चलिरहेको छ । खनालको शव पोष्टमार्टमका लागि धादिङ जिल्ला अस्पतालमा राखिएको छ । खनालको मृत्युपछि सर्भिस फर पिसका नेपालका अध्यक्ष समेत रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि अहिले धादिङ पुग्दै छन् । मृत्युको खबर पछि उनको समाजीक गतिविधिलाई नजिकबाट देखेका नागरिक स्तव्द भएका छन् ।