तस्बिर : मनोज यादव/मलंगवा

मलंगवा,भदौ —१६, सशस्त्र प्रहरी बल नेपालले २२ किलो अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका वडा न–९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले (बुधबार) बिहान करिब ६ः३० बजेको समयमा सोही ठाउँका २४ वर्षीय युवक ललित कुमार महतोलाई नियन्त्रणमा लिएको हो ।


२२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकी भारत तर्फ लैजाँदै गरेको अवस्थामा बोर्डर आउट पोष्ट मलंगवाबाट खटेको टोलीले गाँजासहित युवकलाई पक्राउ गरेको जनाएको छ ।
बरामद गरेको गाँजा सहित महतोलाई बिहाननै थपअनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ ।