काठमाण्डौ,भदौ—१४,बिभिन्न पार्टी परित्याग गरि २ सय बढि नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका छन् । सोमवार (आज) नेकपा माओवादी (केन्द्र) जिल्ला समन्वय समिति सर्लाही र सर्लाही काठमाण्डौं जनसम्पर्क मञ्चले काठमाण्डौंको गकर्णेश्वर ५ जोरपाटी स्थित नयाँ बस्तिमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले उनिहरुलाई भित्र्याएका हुन ।

उक्त अवसरमा प्रमुख अतिथि समेत रहेका अध्यक्ष प्रचण्डले प्रशिक्षणात्मक मन्तव्य समेत राखेका नेकपा माओवादी (केन्द्र)ले जनाएको छ । अध्यक्ष प्रचण्डले सर्लाहीकाे राजनीतिक भविष्यको बारेमा बाेलेका थिए । कार्यक्रमा केन्द्रिय सदस्य सर्लाही क्षेत्र नं.—३ का सांसद एवम् पुर्व मन्त्री रामेश्वर रायले सर्लाहीको राजनीति अवस्था बारे आफ्नो धारणा राखे।
सर्लाही जिल्ला सचिव कमल बुढाथोकीको अध्यक्षता एवम् अध्यक्ष प्रचण्डको प्रमुख अतित्यतामा सम्पन्न कार्यक्रममा युवा नेता सन्तोष दाहालले स्वागत मन्तव्य रखेका थिए । कार्यक्रममा सर्लाही जिल्लाबाट काठमाण्डौं गई बिभिन्न पेशा व्यवसाय गरेर बस्दै आएकाहरुले अध्यक्ष प्रचण्डको हातबाट टिका र माला लगाएर पार्टी प्रवेश गरेका युवा नेता श्याम श्रेष्ठले चियोचर्चो खबरलाई बताए ।