बरहथवा,भदौ—१३,सर्लाहीको बरहथवामा आईतवार (आज) २५९ दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । चुजी फाउण्डेशन ताईवानको सहयोग तथा दलित सरोकार मञ्च, सप्तरीको समन्वयमा पालिकाका विभिन्न स्थानमा रहेका अतिविपन्न तथा दलित परिवार छनौट गरी खाद्यान्न वितरण गरिएको
हो ।
बरहथवा नगरपालिका–१५, पिप्राभित्ताका २५९ परिवारलाई सुरेश रामको अध्यक्षता तथा बहुजन समाज परिषदका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जनको प्रमुख आतिथ्यतामा खाद्यान्न वितरण गरिएको हो । उनिहरुलाई २५ केजी चामल, १० केजी पिठो, नुन , चिनि, दाल र चना १÷१ केजी र ४ वटा नुहाउने साबुन वितरण गरिएको दलित अधिकारकर्मी राजाराम पासवानले बताए ।
कोरोना महामारीका कारण थलिएका जिल्लाका १५ वटा पालिकाका नागरिकलाई फाउण्डेशनले सहयोग गरेको समाजका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए । सहयोग पाउनेमा विपन्न तथा दलित परिवार रहेका पासवानले बताए । अहिलेसम्म १५ वटा पालिकामध्ये विभिन्न पालिकाका वडाहरुमा खाद्यान्न वितरण गरिसकेको र बाँकी पालिकामा वितरणको काम भईरहेको नेता पासवानको भनाई छ ।