चन्द्रनगर,भदौ — १३,सर्लाहीको चन्द्रनगर ६ का ५० वर्षिय नागेश्वर मण्डलको करेन्ट लागेर ज्यान गएको छ ।
उनलाई आईतवार बिहान १० बजे आफ्नै धारामा जोडेको मोटर चलाउँन जादा तार सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागी घाईते भएका उनलाई उपचारको लागी जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको लास अहिले जिल्ला अस्पताल मलंगवामा रहेको र घट्नाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।