प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न.२ का प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाह ।

लालबन्दी, भाद्र ११—सर्लाही क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न.२ का प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाह जनता आवास कार्यक्रमको संयोजक तोकिएका छन् ।


संयोजक तोकिए पछि चियोचर्चो खबरसंग कुरा गर्दै प्रदेश सभा सदस्य कुशवाहले प्रदेश २ का सवै जिल्लामा समानुपातिक ढंगले बजेट बितरण गराउनु आफ्नो पहिलो लक्ष्य रहेको बताए ।
उनले जिल्लाका कतिपय ठाउँमा दलित मुसहर समुदायको बसोवास नरहेकाले कार्यविधि संसोधन गरेर भए पनि अलि फराकिलो ढंगले काम गर्न सकेको खण्डा यसबाट अतिविपन्न,पछाडिपरेका समुदाय र एकल महिलाको समेत लाभ लिन सक्ने भएकाले यसकालागि पहल गरिने बताए ।


भौतिक पूर्वाधार विकास मन्त्रालयको भाद्र १० को (मन्त्री स्तरीय) निर्णयानुसार उनलाई सर्लाही जिल्लाको लागि जिल्ला समन्वय समितिको संयोजक पदमा चन गरिएको हो ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ । १४ को उपदफा १ (क) बमोजिम सर्लाही जिल्लाको लागि जिल्ला समन्वय समितिको संयोजक तोकिएको प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको पत्रमा उल्लेख छ ।