अभियुक्त सर्वजनीक गर्ने क्रममा पत्रकार सम्मेलनमा बोल्दै,सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर तस्बिर :कृष्ण थपलिया ।

कृष्ण थपलिया / मलंगवा,भाद्र ८— लालबन्दी नगरपालिका १७ रानीगंजकी किशोरी प्रियंका भुजेल हत्याका प्रकरणलाई लिएर विभिन्न राजनीतिक दलका भातृ संस्था र अधिकारकर्मीले हत्या प्रकरणका दोषीलाई पक्राउ गरि सत्य तथ्य सार्वजनिक गर्न दवाव मुलक कार्यक्रमहरु गरिरहदा सोमवार सर्लाही प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ ।
अनुसन्धानको क्रममा अभियुक्तहरुले प्रियंकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरागरेको आवाज आई घरपरिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी संग बताएका छन् । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

प्रियंका भुजेल हत्या प्रकरणका अभियुक्तहरु ।


घर परिवार र लोकलाजको कारण प्रियंकाले घर र्फकन अस्विकार गरेको पाईन्छ ,‘ यस अघि पटकपटक सारिरिक सम्वन्ध समेत रहेका अभियुक्त अनिषसँगै जान प्रियंकाले अडान लिएको खुलेको छ,’। ‘उनले अनिषले नलगे आत्म हत्या गर्छु भन्दै,खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ,’ ।
‘प्रहरीका अनुसार त्याहाँबाट हाम फदाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना छैन, । यस क्रममा अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पत्रकार सम्मेलनमा भने,।’ ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थलभन्दा २ सय मिटर उत्तर खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए,’ ।
प्रहरीले दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको कराहुनेगरेको पाईएको छ । अभियुक्त अनिषले यस अघि प्रियंकासंग पटकपटक सारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।


साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए । लालबनदी प्रहरी उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेको थियो । यस क्रममा प्रहरी नीरिक्षक निर्मल थापा नेतृत्वको टाेलिले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता भएको पत्तालगाएको थियो ।
त्यसपछि प्रहरीले संकाको आधारमा गाउँकै दुई युवा १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम—उत्तर लालबन्दी ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए । प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आसंकामा अनुसन्धान थालेको थियो । प्रहरीले सोमवार साँझ अभियुक्तहरुलाई सार्वजनीक गरेको भए पनि मृतको परिवारले अझै शव बुझेका छैन्न ।