हरिवन –५, सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शनिवार दिउसो ३ बजे ट्रकले ठक्कर दिदा एक युवकाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरी आँखा अस्पताल अगाडि हरिवन नगरपालिका–११, का मोहम्मद फुदिन राईनका १८ वर्षीय छोरा जुमराती राईनको ट्रकको ठक्करबाट ज्यान गएको हो ।
राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवनमा पुर्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय हरिवन प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए । प्रहरी निरीक्षक यादवका अनुसार दुर्घटना गराउने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।