मलंगवा, भदौ ५ – नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सर्लाही घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलद्वारा शुक्रावार जारी गरिएको सूचनामा कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरिएको हो ।
सूचनामा ‘विभिन्न माध्यम प्रयोग गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको सुरक्षित उद्धार गर्न विवरण संकलन कार्य भइरहेकाले आफ्नो परिवारको कोही सदस्य अफगानिस्तानमा भए जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी विवरण टिपाउन जिल्लावासीमा अनुरोध गरिएको छ ।